
काठमाडौं , १९ बैशाख | नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको आरोपमा इन्द्रजित राई पक्राउ परेका छन् । उनी पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार समेत हुन् ।
राईविरुद्ध सरकारी वकिलको कार्यालयबाट वारेन्ट जारी भएको थियो । उनलाई मंगलबार बिहान प्रहरीले राईलाई ललितपुरबाट पक्राउ गरेको हो ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको अभियोगमा राईलाई पक्राउ गरिएको हो।
उनीमाथि सोधपुछ सुरु भएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे