
बिर्तामोड, पुस २५ । मेचीनगर नगरपालिका काँकडभिट्टाबाट प्रहरीले भारतीय नागरिकलाई गैँडाको खाग र लागू औषधसहित पक्राउ गरेको छ। बुधबार दिउँसो ३:३० बजे मेचीनगर वडा नं. ६ स्थित हिमालय गेस्ट हाउसको कोठा नं. १०२ मा बुकिङ गरी बसेका भारत पश्चिम बङ्गालका नारायण रामधामले लागू औषध ल्याएको जानकारी पाएपछि प्रहरीले तलासी लिएको थियो।
तलासीका क्रममा १ के.जी. ७०० ग्राम गैँडाको खाग, ३ ग्राम ७६० मिलिग्राम ब्राउन सुगर, १८ पत्ता पाइइभोन स्पास प्लस ट्याब्लेट, डिजिटल तराजु र एक थान मोबाइल फेला परेका थिए। उनलाई नियन्त्रणमा लिइएको र बरामद खागलाई प्रयोगशालामा पठाइएको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका भारतीय नागरिकलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर अनुसन्धान भइरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे