
काठमाडौं । मध्यपूर्वमा अमेरिका, इजरायल र इरानबीच बढिरहेको द्वन्द्वको असर नेपालसम्म आइपुगेको छ। शनिबार नेपालका १८ वटा अन्तर्राष्ट्रिय उडान रद्द भएका छन् जसका कारण करिब तीन हजार यात्रु प्रभावित भएका छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार खाडी देशतर्फ जाने र त्यहाँबाट आउने उडानहरू बढी प्रभावित भएका छन्। नेपाल एयरलाइन्सका काठमाडौंबाट दमाम, दोहा र दुबईका लागि तय भएका तीन उडान रद्द हुँदा करिब ५०० यात्रु समस्यामा परेका छन्। कतार एयरवेजका चार उडान रद्द हुँदा करिब ८००, फ्लाई दुबईका चार उडान रद्द हुँदा करिब ६००, एयर अरेबियाका दुई उडान रद्द हुँदा करिब ३००, हिमालय एयरलाइन्सका तीन उडान रद्द हुँदा करिब ५०० र कुवेतका दुई उडान रद्द हुँदा करिब ३०० यात्रु प्रभावित भएका छन्।
प्राधिकरणले जनाएको छ कि कतार, कुवेत, दुबई, शारजाह, आबुधाबी, साउदी अरेबियाका दमाम र रियाद विमानस्थलहरू प्रभावित भएकाले आइतबार पनि थप उडान रद्द हुने सम्भावना उच्च छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे