
काठमाडौँ, भदौ २६ । कलाकार भिसामा युरोप पठाउने भनी विभिन्न व्यक्तिसँग रकम ठगी गर्ने सुलेमान शङ्कर ‘ईकु’ भन्ने सूर्यमान शङ्कर पक्राउ परेका छन् । नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार इकुले विभिन्न देशमा हुने नेपाली सांस्कृतिक कार्यक्रममा आवश्यक पर्ने कलाकार भिसामा क्यानडा, अष्ट्रेलिया तथा युरोपेली देशमा लैजाने भनी आफूले सञ्चालन गरिरहेको एसएमएस फिल्मस् प्रा।लि। को नाममा ग्लोबल आईएमई बैंक लिमिटेडमा रहेको खातामा प्रति व्यक्ति १५ देखि २० लाख रुपियाँ रकम जम्मा गर्न लगाएका थिए ।
त्यसपछि विदेश जान लागेका व्यक्तिहरुको नक्कली डकुमेन्ट बनाउने गरेको सूचना पाएपछि पक्राउ गरिएको एसपी बोगटीले बताए । सूर्यमान शङ्करलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे