
काठमाडौँ, ४ साउन । व्यवसायी दीपक मलहोत्राले बुधबार बरामद एक किलो सुन आयातमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भइसकेर ट्याक्सीमा राखेर लैजाने क्रममा अवैध करिब एक सय किलो सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । उक्त सुन आयातमा नाम जोडिएपछि बिहीबार पत्रकार सम्मेलन गरेर उनले आफ्नो संलग्नता नरहेको बताएका हुन् ।
यदि सुन प्रकरणमा आफ्नो संलग्नता पुष्टि भएमा कानुनअनुसार आफू कारबाही भोग्न पनि तयार रहेको उनले बताए।
उक्त सुन आयातमा आफ्नो व्यवसायिक प्रतिष्ठान वा व्यक्तिगत सम्बन्ध नरहेको बताउँदै उनले आफ्नो व्यवसायिक तथा व्यक्तिगत चरित्र हत्या गर्न खोजिएकाले कानुनी बाटोमा जाने बताए ।
किन र केका लागि आफ्नो नाम जोडेर समाचार आएको हो यसबारे थाहा हुन नसकेको भन्दै उनले आफूलाई समाचार बनाउने विषयमा सम्पर्क हुन नसकेको भन्ने कुरा गलत रहेको बताए ।
अवैध कारोबारीलाई जोगाउन आफ्नो नाम लिएर डाइभर्ट गरेको हुन सक्ने भन्दै व्यवसायी मलहोत्राले कुनै पनि अवैध कारोबारमा आफ्नो संलग्नता नरहेको दाबी गरे ।
विमानस्थलको भन्सार विभागबाट बिना जाँच बाहिरिएको करिब एक सय केजी सुनमा मलहोत्राको नाम जोडिएपछि उनले पत्रकार सम्मेलन गरेका हुन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे