
काठमाडौँ , १८ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ‘जुनसुकै तन्त्रसँग लड्ने, तर लुटतन्त्रलाई भने निस्तेज पार्ने’ प्रतिबद्धता व्यक्त गरेका छन्। पार्टीको केन्द्रीय समितिको बैठकमा सहभागी हुन पार्टी कार्यालय पुगेका लामिछानेले समर्थकहरूलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। उनले भने, “सरकार अहिले पनि मिरा माथि षड्यन्त्र गर्दैछ। ममाथि झुटा मुद्दा लगाइयो, तर दुई तिहाइको सरकारले मलाई जिउँदै छोडेको छ, र यो नै मेरो जित हो।”
लामिछानेले थपे, “शरीरमा एक थोपा रगत रहुन्जेल लुटतन्त्रको विरोधमा उभिन्छु। सरकारको षड्यन्त्रको सिलसिला अझै पनि समाप्त भएको छैन। म जुनसुकै तराजुमा तौलन तयार छु। अदालतको आदेशको अपव्याख्या गरिएको छ, तर दुई तिहाइको सरकारले मलाई जिउँदै छोडेको छ, यो नै मेरो जीत हो।”
उनले जनताको आक्रोश बढ्दै गएको भन्दै यसलाई चिर्न ‘घण्टी’ बजाइएको बताएका छन्। उनले भने, “तर, यी नेताहरू घण्टी बिगार्न चाहन्छन्।” सभापति लामिछानेले आरोप लगाउँदै भने, “सरकारलाई लागेको होला कि टाउकोमा तरबार झुन्ड्याउँदा म डराउँछु, तर म कुनै पनि परिस्थितिमा लड्न तयार छु। सरकारले मेरो शीरमाथि राखेको तरबार खसालोस्, म लड्न तयार छु। लुटतन्त्रलाई टुलुटुलु हेरेर बस्ने लाक्षी मानिस म होइन।”
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे