
काठमाडौँ , १६ वैशाख । बेनी नगरपालिका ७ मंगलाघाटमा दाउराले प्रहार गरी आफ्नी श्रीमतीको हत्या गर्ने श्रीमानलाई प्रहरीले गिरफ्तार गरेको छ । जलजला गाउँपालिका ३ पर्वत बेनी घर भई बेनी नगरपालिका ७ मंगलाघाट बस्ने राजु विकले आफ्नी श्रीमती २७ वर्षीया भगवती विकको हत्या गरेको प्रहरीले जनाएको छ ।
मङ्गलवार बिहान साढे छ बजेतिर श्रीमतीको हत्या गरी भागेका राजुलाई प्रहरीले बेनी नगरपालिका २ ज्यामरुककोटको जङ्गलबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए । मदिरा सेवन गरेका राजुले श्रीमतीलाई दाउरा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे