
काठमाण्डौ। हब इन्टरनेशनल एजुकेसनले आफ्नो सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै आगामी आइतबार, चैत ९ (मार्च २२) मा वार्षिक रक्तदान कार्यक्रम २०२६ आयोजना गर्ने भएको छ।
उक्त रक्तदान कार्यक्रम काठमाडौंको हत्तीसारस्थित हब इन्टरनेशनल एजुकेसनको परिसरमा बिहान ११:०० बजेदेखि दिउँसो ४:०० बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रममा संस्थाका कर्मचारी, विद्यार्थी, शुभेच्छुक तथा स्वयंसेवकहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।
यो कार्यक्रम लायन्स क्लब अफ काठमाडौं अरनिकोसँगको सहकार्यमा आयोजना हुन लागेको हो भने टि.यू. लायन्स ब्लड बैंक आधिकारिक रक्त बैंक साझेदारको रूपमा रहनेछ। विगतका वर्षहरूदेखि सञ्चालन हुँदै आएको यो अभियान हब इन्टरनेशनल एजुकेसनको नियमित सामाजिक पहलको रूपमा स्थापित भइसकेको छ।
विद्यार्थीहरूलाई शैक्षिक मार्गदर्शन प्रदान गर्नुका साथै समाजप्रति उत्तरदायी भूमिका निर्वाह गर्ने उद्देश्यले संस्था निरन्तर सक्रिय रहँदै आएको छ। यस कार्यक्रममार्फत अस्पतालहरूमा रगतको अभाव पूर्ति गर्न सहयोग पुर्याउने तथा बिरामीहरूको जीवन बचाउन योगदान दिने लक्ष्य राखिएको आयोजकहरूले बताएका छन्।
साथै, स्वैच्छिक रक्तदानको महत्त्वबारे जनचेतना फैलाउने र बढीभन्दा बढी व्यक्तिलाई सहभागी गराउने उद्देश्य समेत रहेको छ।
हब इन्टरनेशनल एजुकेसनका प्रतिनिधिहरूले यो कार्यक्रम सबै योग्य रक्तदाताहरूका लागि खुला रहेको जानकारी दिँदै सामूहिक सहभागिताले यस्ता जीवनरक्षक अभियानहरू सफल हुने बताएका छन्। निरन्तर प्रयास र सहभागितासँगै यो वार्षिक रक्तदान कार्यक्रम अहिले एक अर्थपूर्ण परम्पराका रूपमा स्थापित भएको छ, जसले समाजमा एकता र मानवताको सन्देश प्रवाह गरिरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे