
काठमाडौँ, माघ १५ । साताको पहिलो दिन आज आइतबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ५ हजार ८ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार २ सय रूपैयाँले बढेर एक लाख ६ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो ।
तेजावी सुन प्रतितोला एक लाख ५ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, चाँदीको मूल्य भने शुक्रबार स्थिर रहेर १ हजार ३८० रूपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे