
काठमाडौँ । संघीय संसदको प्रतिनिधि सभाको बैठक आज पनि जारी रहनेछ, जुन दिउँसो १ बजे संसद भवन, नयाँबानेश्वरमा हुनेछ। गृहमन्त्री रमेश लेखकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१’ माथि विचार गर्न प्रस्ताव प्रस्तुत गर्ने छन्।
सांसद शेर बहादुर कुँवरले ‘सुदूरपश्चिम र कर्णाली प्रदेशका केही जिल्लाका विपन्न र पछाडि परेका नागरिकहरूले विभिन्न अस्पतालहरूबाट निःशुल्क सेवा पाउँदै आएकोमा, नेपाल र प्रदेश सरकारको अनुदान रकमको अभावका कारण सेवाबाट बञ्चित हुने अवस्थामा भएकोले उक्त अस्पतालहरूबाट प्राप्त सेवाको निरन्तरता हुनुपर्ने’ भन्ने विषयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको ध्यानाकर्षण गराउने छन्।
सांसद राजेन्द्र बजगाईँले ‘नेपालका ग्रामीण क्षेत्रमा बाँदर र बँदेलको आतङ्कले कृषिसम्बन्धी समस्याहरू निम्त्याएको र किसानहरूको सुरक्षामा खतरा उत्पन्न भएकोले दीर्घकालीन समाधानका लागि नीति निर्माण र कार्यान्वयनको आवश्यकता रहेको’ विषयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने छन्।
बैठकको कार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औं वार्षिक प्रतिवेदन आ.व. २०८०–०८१’ पेस गर्ने कार्यक्रम रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे