
पोखरा, १५ दिसंबर २०२४ – नेपाल पुन मगर समाज केन्द्रीय समितिले आज पोखरा सभागृह हलमा आयोजित दोस्रो राष्ट्रिय महाधिवेशन २०८१ कार्यक्रममा मिस मगर नेपालका बिजेता र उपबिजेताहरुलाई सम्मानित गरेको छ।
सो अवसरमा पुनमगर समुदायका विभिन्न चेलीहरूले मिस मगर नेपाल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै बिजेता र उपबिजेता उपाधिहरू जित्न सफल भएका छन्। समाजले उनीहरूको यो उपलब्धिलाई सम्मान गर्दै हार्दिक शुभकामना व्यक्त गरेको छ।
यसैगरी, पुन मगर समाज केन्द्रीय समितिले विभिन्न क्षेत्रहरूमा उल्लेखनीय योगदान गर्ने सदस्यहरूलाई पनि सम्मान गर्ने योजना राखेको जनाइएको छ।
समारोहमा उपस्थित प्रतिष्ठित अतिथिहरू र समाजका प्रतिनिधिहरूले पुनमगर समुदायको सांस्कृतिक र सामाजिक उत्थानका लागि थप योगदान गर्ने प्रतिबद्धता जनाएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे