
काठमाडौँ , २५ फागुन । गृहमन्त्री रमेश लेखकले पूर्वराजा ज्ञानेन्द्र शाहले गणतन्त्रको विकल्प राजतन्त्र हो भन्ने भ्रम फैलाउनु गलत भएको बताएका छन्। उनले आइतबार बिहान सुर्खेतमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै भने, केही व्यक्तिहरूले गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्छ भन्ने भ्रम फैलाइरहेका छन्, तर यस्तो भ्रम फैलाउनु गलत हो। राजा हौसिनको आवश्यकता छैन भन्ने उनको स्पष्ट भनाइ थियो।
लेखकले थपे, “राजतन्त्र फालिएका राजाहरूले आज स्वतन्त्रता र अधिकारको उपभोग गर्न पाएका छन्। नेपालको लोकतन्त्र संयमित, उदार र परिस्कृत छ। यस लोकतन्त्रमा राजा पनि स्वतन्त्रताका साथ बस्न सक्छन्, तर यसलाई कमजोरीको रूपमा नलिनुहोस्।”
गृहमन्त्रीले नेपाली जनताको दिएको स्वतन्त्रता र अधिकारको महत्त्वलाई स्मरण गर्दै, पूर्वराजा शाहलाई चेतावनी पनि दिए कि उनले यो स्थिति कमजोरीको रूपमा नहेरेर लोकतन्त्रको मजबुतीको रूपमा लिनु पर्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे