
काठमाडौँ, असार ३ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ९बालेन० मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन ब्राजिल प्रस्थान गरेका छन् । यही असार ५ र ६ गते ब्राजिलको साओ पाउलोमा हुने निर्देशक समितिको बैठकमा भाग लिन सोमबार बिहान २ः१५ बजेको उडानबाट उनी ब्राजिल गएका हुन् ।
मेट्रोपोलिस निर्देशक बोर्डको सदस्य रहेका प्रमुख शाह बैठक सम्पन्न गरेर असार ८ गते स्वदेश फर्किने छन् । उनको साथमा साथमा पूर्वाधार सल्लाहकार सुनिल लम्साल पनि रहेका छन् । मेट्रोपोलिस विश्वका ठुला महानगरहरुका बिचमा विश्वव्यापी सहयोग, संवाद, ज्ञान र समाधान आदानप्रदान गर्ने, सामूहिक आवाज बुलन्द गर्ने अन्तर्राष्ट्रिय संस्था हो ।
कार्यक्रमअन्तर्गत ‘मेयरल राउण्ड टेवल’ शीर्षकमा बुधबार हुने आवास र भूमि तथा महानगर कल्याण र जीवन स्तर सुधारसँग सम्बन्धित ‘मेट्रोपोलिस नीति वहस’ मा प्रमुख शाहले प्यानलिष्टका रुपमा धारणा प्रस्तुत गर्ने छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे