
काठमाडौँ, २७ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओली र उनका प्रमुख सल्लाहकार विष्णु रिमालमाथि कडा आलोचना गरेका छन्। शाहीले सरकारको वर्तमान कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै सत्ताधारीलाई लोकतन्त्रको नाममा ‘लुटतन्त्र’ मच्चाइरहेको आरोप लगाए। उनले सामाजिक सञ्जालमार्फत सरकारको आलोचना गर्दै लोकतन्त्रको मर्ममाथि प्रश्न उठाए। शाहीले भने, “आदरणीय भनौं भने कसरी भनौं , तपाईंका शब्द सुन्दा ‘आदरणीय’ शब्द नै बेकार भएछ।” उनले सरकारको नीतिगत निर्णयहरूलाई लोकतान्त्रिक सिद्धान्त विपरीत बताउँदै आलोचना गरे।
शाहीले नेपालको संसदीय प्रणालीमाथि प्रश्न उठाउँदै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र राष्ट्रपतिका पक्षमा धारणा राखे। उनले भने, “के प्रधानमन्त्री केपी ओलीलाई जनताले प्रत्यक्ष चुनेका हुन्?” शाहीले सत्ताधारी दलका नेताहरूले लोकतन्त्रलाई आफ्नो व्यक्तिगत फाइदाका लागि प्रयोग गरिरहेको आरोप पनि लगाए।
राप्रपा सांसद शाहीले रिमाललाई ‘वडा अध्यक्ष’ बन्ने तयारी गर्न सुझाव दिएका थिए। शाही र रिमालबीच सामाजिक सञ्जालमा वाकयुद्ध जारी छ, जसले सरकार र प्रतिपक्षबीचको असन्तुष्टि अझ बढाएको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे