
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले पुस २१ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपीओ) निष्कासन गर्ने घोषणा गरेको छ।
कम्पनीले प्रति कित्ता १०० रुपैयाँका दरले कुल १८ लाख ४५ हजार कित्ता सेयर बिक्री गर्न लागेको छ। इच्छुक लगानीकर्ताले कम्तीमा १० कित्ता र बढीमा १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन पुस २४ गतेसम्म दिन सकिने व्यवस्था गरिएको छ।
यसअघि, कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री गरी बाँडफाँड सम्पन्न गरेको थियो। अब बाँकी सेयर सर्वसाधारणका लागि खुला गरिएको हो।
लगानीकर्ताहरूले यो अवसरलाई उपयोग गरी सेयर खरिद गर्नका लागि पुस २१ देखि तोकिएको समयभित्र आवेदन दिनुपर्नेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे