
धनगढी, २०८१ मंसिर २१ गते । धनगढी महानगरपालिका वडा नं. १३ मा कच्ची सडकमा ग्राभेल हाल्ने कार्य सम्पन्न भएको छ। मेयर गोपाल हमलाका अनुसार, ९ टिप्पर ग्राभेल सामग्री प्रयोग गरी ब्याको लोडरको सहयोगमा उक्त कार्य पूरा गरिएको छ।
यसैगरी, वडा नं. १३ सहित १९ वटै वडामा क्रमशः ग्राभेल हाल्ने कार्यक्रम संचालन हुने भएकोले, जसले पनि आफ्नो गाउँ वा टोलको कच्ची सडकमा ग्राभेल हाल्नुपर्ने आवश्यकता महसुस गरेमा, उनीहरूले आफ्नो वडा कार्यालयसँग सम्पर्क गर्न आग्रह गरिएको छ।
ग्राभेल सडक निर्माणका कार्यहरूमा गुणस्तरीय निर्माणको सुनिश्चितता र निरक्षणको लागि सबैलाई सहयोग गर्न मेयर हमलाले अपिल गरेका छन्।
सम्पर्क : प्राविधिक श्री रमेश भट्ट
986-5907617
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे