
काठमाडौं। सरकारले सात जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)सहित १३ जना सहसचिव र उपसचिवको सरुवा गरेको छ। गृह मन्त्रालयले कपिलवस्तु, सुर्खेत, उदयपुर, नवलपरासी पूर्व, बाग्लुङ, अछाम, र पर्वत जिल्लाका सिडिओ परिवर्तन गरेको हो। गृह मन्त्रालयको निर्णयअनुसार दिलकुमार तामाङ कपिलवस्तुको सिडिओ, जगदिश्वर उपाध्याय सुर्खेतको सिडिओ, हरिप्रसाद घिमिरे पर्वतको सिडिओ, भविष्यवर पोखरेल नवलपरासी पूर्वको सिडिओ, कुमान सिंह गुरुङ बाग्लुङको सिडिओ, प्रेमप्रसाद लुइँटेल उदयपुरको सिडिओ र आनन्द सारु अछामको सिडिओ बनेका छन्। त्यसैगरी, विश्व प्रकाश अर्याल, शंकरहरि आचार्य, अरुण पोखरेल, नेत्रप्रसाद सुवेदी, शिवप्रसाद लम्साल र केदारनाथ शर्मालाई गृह मन्त्रालयमा सरुवा गरिएको छ। गृह मन्त्रालयले सरुवासम्बन्धी निर्णय औपचारिक रूपमा सार्वजनिक गरेको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे