
काठमाडौँ ,२९ मंसिर | आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार छापावाल सुन प्रतितोला एक लाख ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
हिजो बुधबार छापावाल सुन प्रतितोला एक लाख एक हजारमा कारोबार भइरहेको थियो ।
तेजावी सुन प्रतितोलामा ९९ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यसै, चाँदी प्रतितोला १ हजार ३८० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे