
काठमाडौं, चैत १ । सुन तस्करी छानबिन आयोगले प्रतिवेदन बुझाएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई आयोगले प्रतिवेदन बुझाएको हो । गठन भएको साढे ५ महिनामा आयोगका अध्यक्ष डिल्लीराज आचार्यले गृहमन्त्री लामिछानेलाई प्रतिवेदन बुझाएका हुन् ।
प्रतिवेदन बुझ्नदै गृहमन्त्री लामिछानेले दोषीलाई कारबाही र सुधारका लागि सुझाइएका उपायको कार्यान्वयन गरिने बताए । उनले भने , ‘‘जुनसुकै खालको कमजोरी गर्ने निकाय र व्यक्तिविरुद्ध कारबाही हुने छ । विगतमा उन्मुक्ति दिन सहयोग गर्नेलाई पनि कानुन मातहतमा ल्याइने छ ।’’ मन्त्रिपरिषद्ले असोज १४ मा सुनको अवैध तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग गरेको थियो ।
आयोगको सदस्यमा सहकुल बहादुर थापा, किशोरजंग कार्की र प्रेमराज जोशी थिए । विदेशबाट इलेक्ट्रिक सिगरेटमा र ब्रेक सु प्याडमा सुन राखी विमानस्थलको भन्सार जाँच पार गरेको ६० किलो सुन, भेपमार्फत नेपाल आएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे