
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको भाउ लगातार उच्च हुँदै गएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ प्रतितोला २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँमा पुगेको छ। यो भाउ हालसम्मकै सर्वाधिक स्तर हो। हिजो बुधबार सुनको भाउ प्रतितोला ९ हजार ५ सय रुपैयाँले बढेर ३ लाख १८ हजार ८ सय रुपैयाँमा कायम भएको थियो।
त्यस्तै, चाँदीको भाउ पनि लगातार बढिरहेको छ। बुधबार चाँदी प्रतितोला २ सय ५ रुपैयाँले बढेर ७ हजार ५ सय ५ रुपैयाँमा पुगेको छ। मंगलबारको तुलनामा बुधबार चाँदीको भाउ ४ सय ३० रुपैयाँले बढेर ७ हजार ३ सय रुपैयाँमा पुगेको थियो।
विशेषज्ञका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उच्च भएको र स्थानीय माग बढेको कारणले नेपाली बजारमा सुन र चाँदी दुवैको भाउ उच्च रहनु स्वाभाविक हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे