
काठमाडौँ, ७ पुस । नेपाली बजारमा सुनचाँदीको मूल्य महंगीएको छ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ३ सयले बढेर प्रति तोला १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।
तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख १ हजार रुपैयाँ कायम भएको छ।
यता, चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ५ रुपैयाँ कायम भएको छ। चाँदी प्रति तोला ५ रुपैयाँले बढेको हो। बुधबार चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे