
काठमाडौँ , २७ पुस । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता समीकरण आगामी तीन वर्षसम्म चल्ने दाबी गरका छन् । शुक्रबार काठमाडौंमा आयोजित फुटवयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको २३ औं वार्षिक साधरण सभामा बोल्दै उनले कांग्रेस र एमालेले विगतमा लामो समयसम्म सरकार चलाएको र वर्तमान सरकार पनि तीन वर्षसम्म चल्ने विश्वास व्यक्त गर्नुभयो । उनले भने , तीन वर्ष भनेको सानो समय होइन, यस अवधिमा नेपाली नागरिकले लाभ पाउनुपर्छ
महामन्त्री थापाले २०४८ र २०७० सालमा संविधान प्राप्त भएका उदाहरण दिँदै अर्थतन्त्रमा ठोस सुधारको आवश्यकता औंल्याउनुभयो । उनका अनुसार सुधार नहुँदा सरकारको प्रभाव छैन र अहिलेको सरकार अर्थतन्त्र सुधारका लागि निरन्तर काम गर्दैछ । निजी क्षेत्रलाई सुलह र नीतिगत सुधार गर्ने प्रक्रिया जारी राखिएको जानकारी दिए।
थापाले नेपाली जुत्ताको ५० लाख जोर निर्यात हुने सम्भावना रहेको र यस क्षेत्रमा सरकारले प्राथमिकता दिई सुधार गर्नुपर्ने बताए । उनले नेपाली उत्पादनको बजार विस्तार गर्न र अर्थतन्त्रको सुधारमा ध्यान दिन सरकार प्रतिबद्ध रहेको प्रकट गरे।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे