
काठमाडौँ – सन् १९९१ मा स्थापना भएको अग्नि ग्रुपले नेपालमा अटोमोबाइल क्षेत्रमा तीन दशकभन्दा बढीको समयदेखि अग्रणी भूमिका निर्वाह गर्दै आएको छ। महिन्द्रा एण्ड महिन्द्रा ग्रुपको नेपालका लागि एकमात्र आधिकारिक वितरकको रूपमा अग्नि इन्कर्पोरेटेड, अग्नि मोटो इन्क, अग्नि इनर्जी तथा बालाजु अटो वर्क्समार्फत अग्नि ग्रुपले बिक्री, सेवा र स्पेयर पार्ट्स वितरणमा असाधारण विश्वसनीयता कायम गर्दै आएको छ।
अग्नि ग्रुपको व्यापारिक इतिहास उपलब्धिपूर्ण रहेको छ। सन् २०२३ मा महिन्द्रा एक्सयुभी ३०० र एक्सयुभी ७०० को सफल लन्च पछि कम्पनीले यसअघि पनि स्कोर्पियो एन, महिन्द्रा ट्रेओ, र इलेक्ट्रिक गाडी रेवा जस्ता मोडेलहरू नेपाली बजारमा भित्र्याइसकेको छ। यसै बीच, अग्नि ग्रुपले “प्लाटिनम ब्याण्ड अवार्ड”, “हाइएस्ट ट्याक्स पेयर (कमर्स)” लगायत दर्जनौं अन्तर्राष्ट्रिय तथा राष्ट्रिय पुरस्कारहरू प्राप्त गरिसकेको छ।
सामाजिक उत्तरदायित्वका क्षेत्रहरूमा पनि अग्नि फाउन्डेशनमार्फत अग्नि ग्रुप अग्रसर छ। विशेषगरी, महिला सशक्तिकरण र साहसिक खेलप्रति प्रतिबद्ध रहेको अग्निले हालै पर्वतारोही कविता नेपालीलाई महिन्द्रा एड्भेन्चरको तर्फबाट सहयोग गरेको थियो। कविता नेपालीले २४ घण्टाभित्र सगरमाथा र ल्होत्से दुबै हिमाल सफलतापूर्वक आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेकी छन्।
यसअघि पनि अग्नि ग्रुपले नायिका तथा साहसी व्यक्तित्व निशा अधिकारीजस्ता पर्वतारोहीहरूलाई सहयोग गरेको थियो। यस्ता पहलकदमीहरूले नेपाली महिलाहरूको पर्वतारोहण क्षेत्रमा बढ्दो सहभागिता र पहिचानलाई उजागर गरेका छन्।
नेपालको निजी क्षेत्रबाट पर्वतारोहण तथा साहसिक खेलप्रति देखिएको यस्तो समर्थन उल्लेखनीय मानिन्छ। अग्नि ग्रुपको आगामी योजनाले अझ व्यापक सामाजिक र व्यावसायिक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे