
काठमाडौँ, असार ११। भक्तपुरको दधिकोटमा २ करोड रुपैयाँ लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुजन रसाइली, भीम तामाङ, मुनाराज राई, कृष्णबहादुर बोहरा रहेका छन् । असार ४ गते सुर्य विनायक नगरपालिकाको धिकोटस्थित डिल्ली राउतको घरमा लुटपाट भएको थियो ।
अपरिचित व्यक्तिहरू राउतको घरमा आएर आफूहरू सिबिआईको प्रहरी हौं भनेर चिनाए। उनीहरूमध्ये एक जनाले नेपाल प्रहरीकै हवल्दार पदको कार्ड समेत देखाएका थिए। राउतको घरको दराजमा रहेको अन्दाजी दुई करोड रुपैयाँ लिएर उनीहरू फरार भए। घटनाको मुख्य योजनाकार भनिएका कुलबहादुर खत्री अझै फरार रहेको प्रहरीले बताएको छ ।
उनी डिल्ली राउतका मामा नाता पर्ने बुझिएको छ । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे