
काठमाडौँ ३ पुस । काठमाडौँ । काठमाडौँको शम्भुमार्गस्थित सडक खण्डमा हुण्डी कारोबार गरिरहेको विशेष सूचनाका आधारमा प्रहरीको टोलीले ६८ लाख नगदसहित चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–३२ दोभानपुल बस्ने ४६ वर्षीय राजकुमार माली, सोही महानगरपालिका–१० नयाँ बानेश्वर बस्ने १८ वर्षीय किशोर, सोही महानगरपालिका–७ शान्तिगोरेटो बस्ने झापा अर्जुनधारा नगरपालिका–७ घर भएका ३२ वर्षीय प्रवेशकुमार पौडेल र झापा बिर्तामोड नगरपालिका–५ घर भएका २७ वर्षीय युवराज सुवेदी छन् ।
प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले प्रदेश।३–०१–०२२ च १९७२ नम्बरको कारमा सवार उनीहरूलाई उक्त स्रोत नखुलेको नगदसहित फेला पारी पक्राउ गरेको प्रहरीद्वारा जारी बुलेटिनमा उल्लेख छ । यसैगरी रूपन्देही, सिद्धार्थनगर नगरपालिका–१ नौडिहवाबाट स्रोत नखुलेको नगद ६ लाख रूपियाँसहित भारत महाराजगञ्ज सुनौली घर भएका ४८ वर्षीय डिम्पल भन्ने अङ्गदकुमार गुप्ता रहेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे