
काठमाडौँ, ३ चैत । सुन तस्करी प्रकरणमा काठमाडौँबाट पक्राउ परेका नेकपा (माओवादी केन्द्र) को भातृसंगठन अखिल क्रान्तिकारीका महासचिव दीपेश पुनलाई भैरहवा लगिएको छ ।
पूर्वउपराष्ट्रपति नन्द किशोर पुन पासाङका छोरासमेत रहेका दीपेशलाई प्रहरीले शुक्रबार साँझ जहाजमार्फत भैरहवा पठाएको हो ।
रुपन्देहीमा सहकारी ठगीसम्बन्धी मुद्दामा उनीविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भएको थियो ।
प्रहरी प्रधान कार्यालय, नक्सालबाट खटिएको प्रहरी टोलीले माओवादी निकटअनेरास्ववियु क्रान्तिकारीका महासचिव समेत रहेका दिपेसलाई शुक्रबार टोखाको धापासीबाट पक्राउ गरेको थियो ।
६१ किलो सुन तस्करी प्रकरणका आरोपी बेल्जियन नागरिक दावा छिरिङसँग उनको सम्पर्क देखिएपछि सुन जाँचबुझ आयोगले पुनसँग बयान लिएको समेत लिएको थियो । यस्तै, बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पनि उनको नाम मुछिएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे