
काठमाडौँ – विगतका घटनाहरूको आधारमा अधिकांश वन डढेलो मानिसहरूले लगाएको देखिन्छ । वन डढेलो लाग्ने कारणहरूमा चरिचरणका लागि आगो लगाउने प्रवृत्ति ( ३० प्रतिशत), चुरोट पिउनेहरूबाट (१५ प्रतिशत), शिकारीहरूबाट (७ प्रतिशत), वनभोज, क्याम्प फायर आदिबाट (७ प्रतिशत), बच्चाहरू खेल्दा (६ प्रतिशत), अवैध काठ कटान गर्नेहरूबाट (५ प्रतिशत), अतिक्रमणकारीहरूबाट ( ५ प्रतिशत), खोरीया फडानीबाट ( ५ प्रतिशत), अज्ञात कारणबाट (४ प्रतिशत), गोल पोल्नेबाट (४ प्रतिशत), जडिबुटी संकलकहरूबाट (३ प्रतिशत), राँको वाल्ले कारणले (३ प्रतिशत), खेतीपातीको लागि (१ प्रतिशत) रहेको पाइन्छ (शर्मा, १९९५; गोल्डा मर २०११) । समग्रमा मानिसहरूको जानाजानीबाट ६४ प्रतिशत, लापरवाहीबाट ३२ प्रतिशत र अज्ञात कारणहरूबाट ४ प्रतिशत वन डढेलो लाग्ने गरेको तथ्याङ्क छ (शर्मा, १९९५; गोल्डामर २०११ वन तथा भू-संरक्षण विभाग, २०७६ ) ।
चट्याङ जस्ता प्राकृतिक कारणबाट पनि वनमा आगलागी हुन सक्छ । खडेरी, गर्मी, सुख्खा हुरीबतास जस्ता मौसम तथा हावापानीको कारणले आगलागीको जोखिम बढ्छ । नेपालमा फागुनदेखि जेष्ठसम्म भएका करिब १२० दिनका वन डढेलोको घटनाहरू विश्लेषण गर्दा मानवीय साथसाथै मौसम तथा हावापानीको कारण आगलागी भएको र छिटो फैलिने तथा बढी क्षति गर्ने गरेको पाइएको छ ।
पछिल्लो ६ वर्षमा नेपालमा वन डढेलोका घटनाहरू बढ्दो भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ सम्म कुल २,१५९ वटा वन डढेलोको घटना घटेको छ। यस अवधिमा ५५६ जनाले ज्यान गुमाएका छन् भने ८५६ जना घाइते भएका छन्। घर, गोठ र पशुपक्षीमा ठूलो क्षति भएको देखिन्छ। उदाहरणका लागि २०७८/७९ मा ८४ वटा घटना हुँदा २४,६६,२०० रुपैयाँ बराबरको क्षति भएको थियो भने २०८०/८१ मा ९६५ घटनाले ८७,४३,०३६ रुपैयाँ बराबरको आर्थिक क्षति पुर्याएको थियो।
वन डढेलोले जनधनको प्रत्यक्ष हानि मात्र नभई वायु प्रदूषण, जनस्वास्थ्यमा असर, पानीका मुहान सुक्ने, सिंचाइ र खानेपानीको स्रोत घट्ने जस्ता समस्या सिर्जना गर्दछ। साथै, जैविक विविधता र पारिस्थितिक प्रणालीमा ह्रास हुन्छ, जसले दीर्घकालीन रूपमा जनजीवन र अर्थव्यवस्थामा गम्भीर प्रभाव पार्छ। विशेषज्ञहरूले मानवीय लापरबाही, मौसम तथा प्राकृतिक कारणको संयोजनले डढेलो जोखिम बढाएको बताएका छन्।
गृह मन्त्रालयबाट प्रकाशित नेपाल विपद् प्रतिवेदन, २०२४ का अनुसार पछिल्लो ६ वर्षको अवधिमा आगलागीका १९ हजार ५९३ घटना घटेका थिए भने आगलागीमा परी ५९३ जनाले ज्यान गुमाएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार आ.ब. २०७७ । ७८ देखि आ.व. २०८१।८२ सम्मको वन डढेलोका घटना र वन डढेलोका घटना र तिनमा भएको क्षति तालिका 1 मा उल्लेख गरिएको थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे