
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले एक २१ वर्षीया ब्राजिलियन महिला इमिली मिकाएले सान्टोस फेरेइरालाई करिब २ किलो कोकिनसहित पक्राउ गरेको छ। उनी ब्राजिलबाट दोहा हुँदै नेपाल आएकी थिइन् र भुटान जान लागेकी थिइन्। विमानस्थलको प्रस्थान कक्षमा उनको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले जाँच गर्दा उनले लगाएको कालो ब्रा भित्र लुकाइएको १ किलो ९५० ग्राम कोकिन फेला परेको हो।
उक्त कोकिनको मूल्य अन्तर्राष्ट्रिय बजारमा करोडौं रुपैयाँ पर्छ। अनुसन्धान अनुसार उनले यो लागुऔषध ब्राजिलबाट ल्याएर नेपाल हुँदै भुटान पुर्याउने योजना बनाएकी थिइन्। उनलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अदालतबाट म्याद थप गरी थप छानबिन भइरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे