
काठमाडौँ , वैशाख ७ । परराष्ट्रमन्त्री डा. आरजु राणा आज थाइल्यान्डको बैंकक प्रस्थान गर्ने भएकी छन्। उनले अप्रिल २१ देखि २५ सम्म संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (UNESCAP) को ८१औं सत्रमा सहभागी हुने कार्यक्रम छ। ‘एशिया तथा प्रशान्त क्षेत्रमा दिगो सहरी विकासका लागि क्षेत्रीय सहयोग’ शीर्षकमा आयोजना हुने यो सत्रमा मन्त्री राणाको नेतृत्वमा परराष्ट्र मन्त्रालय, राष्ट्रिय योजना आयोग तथा थाइल्यान्डस्थित नेपाली दूतावासका अधिकारीहरूको टोली सहभागी हुनेछ।
नेपाल हाल युएनस्केपको अध्यक्ष राष्ट्र रहेकोले मन्त्री राणाले सत्रको अध्यक्षता गर्नुका साथै नेपालका तर्फबाट सम्बोधन गर्नेछिन्। यो भ्रमणले नेपालले क्षेत्रीय सहकार्य र दिगो विकासका मुद्दामा राख्न चाहेको सक्रिय भूमिका स्पष्ट पार्ने विश्वास गरिएको छ। परराष्ट्र मन्त्रालयले मन्त्री राणाको यो सहभागिताले नेपालको अन्तर्राष्ट्रिय कूटनीतिक पहिचानलाई अझ सशक्त बनाउने जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे