
काठमाडौँ , पुस ८ । परराष्ट्र मन्त्री डा। आरजु राणा देउवा आज आफ्नो नियमित स्वास्थ्य परीक्षणको लागि भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालबाट स्वदेश फिर्ता हुने भएकी छिन्। । उनी बाइल्याटरल टोटल हिप रिप्लेस्मेन्ट ९टिएचआर०को फलो अप स्वास्थ्य परीक्षणका लागि गत शुक्रबार दिल्ली पुगेका थिए र शनिबार तथा आइतबार अस्पतालमा परीक्षण गराएका थिइन् ।
स्वास्थ्य परीक्षणको क्रममा कुनै औपचारिक भेटघाटको कार्यक्रम थिएन, तर शुक्रवार उनले भारत नेपाल आर्थिक सम्मेलनमा सम्बोधन गर्दै नेपालले भारतसँग अतिरिक्त हवाई रुटको अनुरोध गरेको जानकारी दिए। उनले पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण सञ्चालनका लागि भारतसँग सहयोगको अपेक्षा पनि गरेको बताए ।
यसअघि, डा। राणा युरोप भ्रमणमा थिए, जहाँ उनले जलवायु परिवर्तन र यसको असरको विषयमा अन्तर्राष्ट्रिय अदालतमा नेपालका तर्फबाट आवाज उठाइन् । त्यसपछि, उनले लक्जेम्बर्ग र बेल्जियमका उच्च अधिकारीहरूसँग द्विपक्षीय कुराकानी गरेका थिए। उनले युरोपियन युनियनसँग जलवायु न्याय र नेपालका लागि वायु सेवालाई खुला बनाउने विषयमा छलफल गरिन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे