
काठमाडौँ , वैशाख ७ । परराष्ट्रमन्त्री आरजु राणा देउवा आज थाइल्याण्डको बैंकक प्रस्थान गरेका छन् । उनले अप्रिल २१ देखि २५ सम्म संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युएनस्केप) को ८१औं सत्रमा सहभागी हुने कार्यक्रम छ।
‘एशिया तथा प्रशान्त क्षेत्रमा दिगो सहरी विकासका लागि क्षेत्रीय सहयोग’ शीर्षकमा आयोजना हुने यो सत्रमा मन्त्री राणाको नेतृत्वमा परराष्ट्र मन्त्रालय, राष्ट्रिय योजना आयोग तथा थाइल्यान्डस्थित नेपाली दूतावासका अधिकारीहरूको टोली सहभागी हुनेछ। नेपाल हाल युएनस्केपको अध्यक्ष भएकाले मन्त्री राणाले यो सत्रको अध्यक्षता गर्नेछन्। उनले नेपालको तर्फबाट सत्रलाई सम्बोधन गर्नेछन्। राणा २५ अप्रिलमा स्वदेश फर्कने छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे