
काठमाडौं । वैदेशिक रोजगारीका लागि कतार हिँडेका नेपाली श्रमिकहरूलाई कतार एयरवेजले विभेदपूर्ण व्यवहार गरेको गुनासो आएका छन्। इरानले आक्रमण गरेपछि कतारस्थित सम्पूर्ण उडान रद्द गर्दा अमेरिकी, युरोपेली र अस्ट्रेलियाली यात्रुहरूलाई होटेलमा राखिएको भए पनि नेपाली श्रमिकहरूलाई भने विमानस्थलमै छाडिएको थियो।
यात्रुहरूका अनुसार, बोर्डिङ पास लिएर विमानस्थलमा बसेका उनीहरू अचानक उडान रद्द भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चिसो भुईँमै रात बिताउन बाध्य भए। कतार एयरवेजले विदेशी नागरिकहरूको सुरक्षालाई प्राथमिकता दिएर होटलमा राख्दा नेपाली श्रमिकप्रति बेवास्ता गरेको उनीहरूको आरोप छ।
यसबीच, हिमालयन एयरलायन्सले प्रभावित नेपाली यात्रुहरूलाई विहान ६ बजेको उडानका लागि बोलाएको छ। तर, नेपाल एयरलायन्सका कुनै पनि पदाधिकारीहरूले हालसम्मसम्पर्क नगरेको यात्रुहरूको गुनासो छ।
सम्बन्धित निकायहरूले नेपाली श्रमिकप्रतिको यस्तो विभेदपूर्ण व्यवहारबारे चासो व्यक्त गर्दै आवश्यक जवाफदेहिता माग गर्नुपर्ने देखिन्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे