
काठमाडौँ , २२ असोज । धवलागिरी हिमाल आरोहण गर्दै हराइरहेका पाँच रसियाली पर्वतारोही मृतावस्थामा भेटिएका छन्। गत आइतबार बिहान ११ बजेदेखि सम्पर्कविहीन भएका उनीहरुको खोजीमा मङ्गलबार गएको हेलिकोप्टरले उनीहरुको मृत्यु भएको पुष्टि गरेको छ। आइएम ट्रेकिङ एन्ड एक्सपिडिसिनका निर्देशक फुनुरु शेर्पाले जानकारी दिएका छन् कि पाँच पर्वतारोही सात हजार सात सय मिटरबाट खसेर सात हजार एक सय मिटरमा पुगेका थिए।
मृतकमा अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइ रहेका छन्। एक जना पर्वतारोही भालेरी सामालोलाई क्याम्प एकबाट उद्धार गरी काठमाडौं लगिएको छ। उनले चौथो क्याम्पमा पुगेपछि माथि जान नसकेर तल झर्ने निर्णय गरेका थिए।
यो टोली तीन हप्ताअघि धौलागिरीतर्फ गएको थियो। अब, मृतकका परिवारका सदस्य र रसियन दूतावासलाई जानकारी गराई शवहरु ल्याउने व्यवस्था गरिने जानकारी शेर्पाले दिएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे