
काठमाडौँ,२० फागुन । दुग्ध व्यवसायी र नेपाल सरकारबीच पाँच बुँदे सहमति भएको छ । सरकार र केन्द्रीय दुग्ध सहकारी संघबीच शनिबार सम्झौता भएको छ । सहमति भएका पाँच बुँदेमध्ये आगामी चैत २१ गतेसम्म प्रत्येक उद्योगीले कृषकले दूध बिक्री गर्दा जति रकम तिर्नु पर्नेछ । केन्द्रीय दूध सहकारी संघका अध्यक्ष अमरबहादुर कुँवरका अनुसार दूधको अभाव हुन नदिन सहकारीबाट खरिद गरिएको रकम नघटाई उद्योगले दूध खरिद गर्ने सहमति भएको छ ।
कृषि तथा पशुपन्छी मन्त्रालयले दूध तथा दुग्धजन्य पदार्थको निकासीको अनुगमन गर्नेछ । आगामी आर्थिक वर्षको निर्यात प्रवद्र्धनका लागि नीति तथा कार्यक्रममा समावेश गर्ने निर्णय भएको छ । पशुपालन कृषकका लागि सरकारले उपलब्ध गराएको बीमा कार्यक्रमलाई निरन्तरता दिने र केन्द्रीय दुग्ध सहकारी संघको अनुरोधलाई सम्बोधन गर्न पहल गर्ने निर्णय पनि भएको छ ।
कृषकले फागुन २१ गतेदेखि काठमाडौंमा आन्दोलन गर्ने योजना बनाएका थिए तर यो सहमतिसँगै आन्दोलनका सबै गतिविधि तत्कालका लागि स्थगन गरिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे