
काठमाडौं, फागुन २२ । सरकारले ल्याएका पाँच अध्यादेश राष्ट्रिय सभाबाट पनि स्वीकृत भएका छन्। यसअघि बुधबार प्रतिनिधि सभाबाट स्वीकृत भएका ती पाँच अध्यादेश बिहीबार राष्ट्रिय सभाबाट पनि पारित भएका हुन्।
प्रतिपक्षको विरोधका बाबजुत बुधबार सरकारले पेश गरेका पाँच अध्यादेश संसदको दुवै सदनबाट स्वीकृत भएका छन्।
राष्ट्रिय सभाबाट स्वीकृत भएका अध्यादेशहरूमा सहकारी सम्बन्धी केहि नेपाल ऐनमा संशोधन गर्ने अध्यादेश (२०८१), आर्थिक तथा व्यावसायिक सुधार र लगानी अभिवृद्धि सम्बन्धी केहि नेपाल ऐनमा संशोधन गर्ने अध्यादेश (२०८१), निजीकरण (पहिलो संशोधन) अध्यादेश (२०८१), सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केहि नेपाल ऐनमा संशोधन गर्ने अध्यादेश (२०८१), र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश (२०८१) समावेश छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे