
काठमाडौँ, माघ २० । भीम रावललाई समर्थन गरेको भन्दै नेकपा ९एमाले० ले थप पाँच जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ । एमाले सुदूरपश्चिमले सल्लाहकार परिषद् सदस्य लालबहादुर खड्का र हर्क कुँवरसहित प्रदेश कमिटी सदस्य जङ्गबहादुर विक, दुधकला विष्ट र केशर मियाँलाई पनि पार्टी सदस्यसमेत नरहने गरी कारबाही गरेको हो ।
उनीहरूलाई प्रदेश कमिटीको पाँचौ सचिवालय बैठकले विधानको धारा ८१ को उपधारा ९१० बमोजिम कारवाही गर्ने निर्णय गरेको हो ।कारवाहीमा परेका सबै नेता रावलको गृह जिल्ला अछामको साफेबगर नगरपालिकाका बासिन्दा हुन् । उनीले भीम रावललाई समर्थन जनाएको भन्दै कारबाही गरिएको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे