
हेटौँडा ।हेटौँडामा भएको जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा पाँच जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार बागमती प्रदेशसभा सचिवालय भवन र जिल्ला ट्राफिक प्रहरी कार्यालयमा तोडफोड तथा आगजनी गरेको अभियोगमा सर्लाहीका पुनम ठाकुर (२७), प्रमोद महतो (२७) र हेटौँडाका सागर घताने (४३) लाई पक्राउ गरिएको हो।
त्यसैगरी, हेटौँडा–११ नवलपुरका सुजन अधिकारी (३६) र सुरेन्द्र मगर (३५) लाई एक घरमा आगजनी गरेको आरोपमा पक्राउ गरिएको छ। पाँचै जनामाथि मकवानपुर जिल्ला अदालतबाट थुनामा राख्ने अनुमति लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे