
काठमाडौँ , २ जेठ । प्रतिनिधिसभाको आज बिहान ११ बजे बस्ने बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२र८३ का लागि प्रस्तुत विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता ९कर प्रस्तावबाहेक० सम्बन्धमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिने कार्यक्रम रहेको छ।
विनियोजन विधेयकमाथिको छलफल वैशाख ३० गतेदेखि सुरु भएको हो। आजको बैठकमा सांसदहरूले धारणा राख्ने अन्तिम दिन पनि हो। सांसदहरूले आफ्ना विचार राखिसकेपछि अर्थमन्त्री पौडेलले ती जिज्ञासामा स्पष्टिकरण दिनेछन्।
संघीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेका अनुसार प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा अर्थमन्त्रीको जवाफ प्रमुख रहेको छ। बैठक सभामुख देवराज घिमिरेको अध्यक्षतामा हुनेछ। कार्यव्यवस्था परामर्श समितिले दलीय आधारमा सांसदहरूलाई धारणा राख्न समय छुट्याइसकेको छ।
सरकारको आगामी वर्षको खर्च र प्राथमिकतामाथि सांसदहरूले उठाएका विषयको जवाफसँगै संसदमा बजेट प्रक्रिया थप गति लिने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे