• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ चैत्र ६, शुक्रबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सामाजिक उत्तरदायित्व अन्तर्गत हब इन्टरनेशनल एजुकेसनको रक्तदान कार्यक्रम आयोजना हुने

३ घण्टा अघि
२

शपथअघि आवश्यक कागजात ल्याउन सांसदलाई निर्देशन,मातृभाषामा शपथका लागि विशेष व्यवस्था

४ घण्टा अघि
३

महानगर र प्रसुति तथा स्त्री रोग अस्पतालमाबीच फोहर व्यवस्थापन सम्झौता

४ घण्टा अघि
४

शहरी विकास मन्त्रालय वार्षिक कार्यक्रम कार्यान्वयनमा कमजोरी, अर्बौँ रुपैयाँ फ्रिज

८ घण्टा अघि
५

कर छलीविरुद्ध नेपाल अन्तर्राष्ट्रिय मञ्चमा आबद्ध

१ दिन अघि
६

कांग्रेसमा संकट गहिरिँदै, सभापति पदबाट थापा बाहिरिए

१ दिन अघि
७

नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेड काम नगरी ब्याजमै चलेको कम्पनी, उद्देश्य कागजमै सीमित

१ दिन अघि
८

बैंकिङ कसुरमा प्रभु बैंकका विभाग प्रमुख पक्राउ

१ दिन अघि
९

उपत्यकामा ४३ हजारभन्दा बढी ग्याँस सिलिण्डर वितरण

१ दिन अघि
१०

बहुराष्ट्रिय कम्पनीको उजुरीपछि ११ उद्योगलाई लिखित जवाफसहित नोटिस

२ दिन अघि
११

नागरिक लगानी कोषको ३६औँ वार्षिकोत्सवः पूर्वाधार र दीर्घकालीन लगानीमा जोड

२ दिन अघि
१२

खोटाङमा हेलिकोप्टर दुर्घटना, मानवीय क्षति भएन

२ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
९

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
१२

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

६ महिना अघि
प्रकाशित मिति: २०८१ चैत्र ७, बिहिबार (१ साल अघि)

महासंघद्वारा आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सुझाव पेश

  • 2,738 Views
  • काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सम्बन्धी आफ्ना सुझावहरू सरकारलाई प्रस्तुत गरेको छ। महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई उक्त सुझाव हस्तान्तरण गरेका हुन्।

    महासंघले सरकारद्वारा हालै संशोधित कानुनहरूको स्वागत गर्दै तिनको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न आवश्यक नियमावली तथा कार्यविधि निर्माण गर्नुपर्ने आवश्यकता औंल्याएको छ। अध्यक्ष ढकालका अनुसार नीतिगत परिमार्जनले सकारात्मक सन्देश प्रवाह गरे पनि यसको प्रभावकारी कार्यान्वयनका लागि नियमावलीहरूको प्रत्याभूति सबै तहमा हुनुपर्नेछ।

    प्रविधि प्रयोग र व्यवसायिक प्रक्रियाको सुधार महासंघले व्यवसाय दर्ता, नविकरण, कर प्रणाली तथा खारेजी प्रक्रियामा प्रविधिको अधिकतम उपयोग आवश्यक रहेको उल्लेख गरेको छ। नागरिक एपमा ‘बिजनेस आइकन’ राखी सोहीमार्फत सम्पूर्ण व्यवसायिक सेवा प्रदान गर्ने व्यवस्था आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने सुझाव महासंघले दिएको छ। ‘स्मार्ट सेवा’ अवधारणाअन्तर्गत सम्पूर्ण सरकारी सेवा सहज र प्रभावकारी बनाउने प्रस्ताव पनि महासंघले अघि सारेको छ।

    विदेशी लगानी प्रवर्द्धन र संरचना सुधार हाल विदेशी लगानी कुल गार्हस्थ्य उत्पादनको ०.२ प्रतिशतमा सीमित रहेको उल्लेख गर्दै महासंघले ‘इन्भेस्टमेन्ट इन नेपाल क्याम्पेन’ सञ्चालन गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ। साथै, लगानी बोर्ड र उद्योग विभागलाई गाभेर पुनःसंरचना गर्नुपर्ने तथा वन स्टप सेन्टरको पूर्ण कार्यान्वयन गरी लगानीकर्तालाई एकै स्थानबाट सम्पूर्ण सेवा उपलब्ध गराउने वातावरण बनाउनुपर्ने सुझाव महासंघले दिएको छ।

    कर प्रणाली स्थायित्व र सुधार प्रत्येक वर्ष आर्थिक ऐनमार्फत हुने राजस्व सम्बन्धी कानुनी परिवर्तनहरू स्थायित्व कायम गर्न अवरोधक रहेको भन्दै महासंघले एकीकृत कानुन संहिता निर्माण गरी संसद्बाट पारित गरिनुपर्ने प्रस्ताव गरेको छ। यसले नीतिगत स्थिरता ल्याउने तथा लगानीमैत्री वातावरण निर्माण गर्न योगदान पुग्ने महासंघको धारणा छ।

    बैंकिङ प्रणाली सुधार र कर्जासम्बन्धी नीतिगत परिमार्जन नेपालको बैंकिङ प्रणालीमा हाल करिब छ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम थुप्रिएको भए पनि लगानीको माग न्यून रहेको महासंघले औंल्याएको छ। नेपाल राष्ट्र बैंकले दुई वर्षअघि ल्याएको चालू पूँजी कर्जा मार्गदर्शन कर्जा प्रवाहलाई निरुत्साहित गर्ने नीति भएको भन्दै यसलाई परिमार्जन गर्नुपर्ने तथा कम्तीमा दुई वर्ष स्थगित गर्ने वा बैंक र ऋणीले स्वतन्त्र निर्णय गर्न सक्ने बनाउनुपर्ने सुझाव महासंघले दिएको छ। साथै, सहकारी तथा लघुवित्त क्षेत्रमा देखिएको समस्याका कारण साना तथा मझौला उद्यमीलाई पुनर्कर्जा लगायतका सुविधा उपलब्ध गराइनुपर्ने आवश्यकता महासंघले औंल्याएको छ।

    निर्यात प्रवर्द्धनका लागि नीति सुधार आवश्यक महासंघले निर्यात प्रवर्द्धनका लागि खाडी मुलुकहरूमा नेपाली कृषिजन्य उत्पादन तथा पानी निर्यात गर्न सक्ने नीति ल्याइनुपर्ने प्रस्ताव गरेको छ। नेपालबाट दैनिक १२ भन्दा बढी उडानहरू मध्यपूर्वी मुलुकहरूमा जाने भएकाले यी जहाजहरूमा नेपाली उत्पादन निर्यात गर्न एयरपोर्टमा कोल्ड स्टोरेज, एक्स-रे मेसिन तथा वेयरहाउस सुविधाहरू उपलब्ध गराउनुपर्ने महासंघको भनाइ छ।

    स्थानीय तथा विदेशी पर्यटन प्रवर्द्धनका पहलहरू भारतीय सीमा नजिकका हिल स्टेशनहरूमा होटल, रिसोर्ट, पोलिटेक्निकल इन्स्टिच्युट, शिक्षण अस्पताललगायतका संरचनाहरूलाई विशेष सुविधा प्रदान गरी भारतीय पर्यटक तथा लगानी आकर्षित गर्नुपर्ने महासंघको धारणा छ।

    उद्योगका लागि ऊर्जा सहज आपूर्ति उद्योगहरूलाई बिजुली कच्चा पदार्थको रूपमा उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने तथा लोडसेडिङको प्रवृत्ति हटाउन आवश्यक नीति ल्याइनुपर्ने महासंघले सुझाव दिएको छ।

    कर प्रणाली सुधार र कर दर समायोजन महासंघले मूल्य अभिवृद्धि कर (मूअक) बहुदरयुक्त प्रणालीमा जान आवश्यक व्यवस्थापन गर्नुपर्ने तथा यसको लागि निजी क्षेत्रसमेत समावेश हुने कार्यदल गठन गरिनुपर्ने जनाएको छ। आगामी बजेटबाटै मूअकको एकल दरका कारण सञ्चालन गर्न कठिनाई भइरहेको वस्तु तथा सेवामा ‘रिड्युस्ड रेट’ लागू गर्ने प्रस्ताव महासंघले पेश गरेको छ।

    उत्पादनमूलक उद्योगहरूमा लाग्दै आएको करलाई पाँच वर्षमा क्रमशः पाँच प्रतिशतले घटाउने तथा आयकर दर घटाउने र कर छुटको सीमा वृद्धि गर्ने विषयमा पनि महासंघले सरकारको ध्यानाकर्षण गराएको छ।

    स्वदेशी उद्योग प्रवर्द्धन आवश्यक साउथ एसियन फ्री ट्रेड एग्रिमेन्ट (साफ्टा) को प्रभावले स्वदेशी उद्योगहरूलाई परेको असर न्यूनीकरण गर्न उद्योग प्रवर्द्धन गर्न सक्ने कर नीतिहरू ल्याउनुपर्ने महासंघको धारणा रहेको छ। साथै, महासंघले सुस्ताएको अर्थतन्त्रलाई उकास्न निरन्तर सुझाव संकलन गरिरहेको र सोहीअनुसार सरकारसँग संवाद जारी राख्ने जनाएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    सामाजिक उत्तरदायित्व अन्तर्गत हब इन्टरनेशनल एजुकेसनको रक्तदान कार्यक्रम आयोजना हुने
    ३ घण्टा अघि

  • २

    शपथअघि आवश्यक कागजात ल्याउन सांसदलाई निर्देशन,मातृभाषामा शपथका लागि विशेष व्यवस्था
    ४ घण्टा अघि

  • ३

    महानगर र प्रसुति तथा स्त्री रोग अस्पतालमाबीच फोहर व्यवस्थापन सम्झौता
    ४ घण्टा अघि

  • ४

    शहरी विकास मन्त्रालय वार्षिक कार्यक्रम कार्यान्वयनमा कमजोरी, अर्बौँ रुपैयाँ फ्रिज
    ८ घण्टा अघि

  • ५

    कर छलीविरुद्ध नेपाल अन्तर्राष्ट्रिय मञ्चमा आबद्ध
    १ दिन अघि

  • ६

    कांग्रेसमा संकट गहिरिँदै, सभापति पदबाट थापा बाहिरिए
    १ दिन अघि

  • ७

    नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेड काम नगरी ब्याजमै चलेको कम्पनी, उद्देश्य कागजमै सीमित
    १ दिन अघि

  • ८

    बैंकिङ कसुरमा प्रभु बैंकका विभाग प्रमुख पक्राउ
    १ दिन अघि

  • ९

    उपत्यकामा ४३ हजारभन्दा बढी ग्याँस सिलिण्डर वितरण
    १ दिन अघि

  • १०

    बहुराष्ट्रिय कम्पनीको उजुरीपछि ११ उद्योगलाई लिखित जवाफसहित नोटिस
    २ दिन अघि

  • साताको प्रचलित खबर
    १

    अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको देहावसान

    नेपाल नक्सा
    २

    विश्वविद्यालय अनुदानमा अनियमितता र वित्तीय पारदर्शिता चुनौती

    नेपाल नक्सा
    ३

    बजार तातेपछि बोर्डको सम्झना—लगानी गर्दा सोच्नुस् है!

    नेपाल नक्सा
    ४

    सरकारी डाटा भण्डारणको सुरक्षामा प्रश्न

    नेपाल नक्सा
    ५

    चैतमा केही वाणिज्य बैंकहरूको ब्याजदर घटाए

    नेपाल नक्सा
    ६

    राष्ट्रिय गौरवको ढिला गाडी: कर्णाली करिडोर,आयोजना समयमै होइन, लागत बढाउँदै

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution