
काठमाडौँ, माघ १८ । पछिल्लो चार महिनायता बजारमा चामल, मैदा, आँटाको मूल्य अत्यधिक बढेको छ । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार कात्तिकयता आँटा प्रतिकेजी २५ रुपियाँ र मैदा प्रतिकेजी २० रुपियाँ बढेको छ । त्यसयता चामल पनि प्रतिकेजी १० रुपियाँदेखि १८ रुपियाँसम्म बढेको छ ।
सङ्घका अध्यक्ष पवित्र वज्राचार्यका अनुसार ठूला व्यापारीहरूले चामल, आँटा र मैदाको भाउ मनपरी तरिकाले वृद्धि गरेका छन् । “गहँुको त सिजन होइन, चामलको त अहिले सिजन हो नि, यसरी मूल्य बढ्दा सरकारका नियमनकारी निकाय कहाँ छन ?,” अध्यक्ष वज्राचार्यले प्रतिप्रश्न गर्नुभयो । यस्ता निकायले खाध्यन्न आयातकर्ता, मिल तथा उद्योगहरूमा अनुगमन नगरी साना खुद्रा पसलमा सीमित हुँदा बजार भाउ नियन्त्रण बाहिर पुगेको उहाँको भनाइ छ ।
खुद्रा व्यापारी विनोद अधिकारीले पछिल्लो डेढ महिनामा चामल, आँटा, मैदा र चामलको भाउ अस्वाभाविक बढेकाले बिक्री गर्न नै समस्या भएको अनुभव सुनाउनुभयो । खाद्यवस्तुको मूल्य बढ्दा आफूजस्ता साना तथा खुद्रा व्यापारी दोहोरो मारमा पर्नेगरेको गुनासो उहाँको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे