
काठमाडौं — एभरेष्ट बैंक लिमिटेडले आफ्नो कोर बैंकिङ सिस्टम (CBS-Finacle) अपग्रेड गर्ने भएको छ। आगामी १० पुस २०८२ देखि सुरु हुने यो अपग्रेडको अवधिमा बैंकका केही सेवा अस्थायी रूपमा अवरुद्ध रहनेछन्।
बैंकले जनाएको छ कि १० देखि १२ पुस २०८२ सम्म अनलाइन बैंकिङ, मोबाइल बैंकिङ र सम्बन्धित सेवा अस्थायी रूपमा प्रयोग गर्न नपाइनेछ। सोही अवधिमा बैंकका सबै शाखा र काउन्टरहरू (बिरगंज र नेपालगंजका कस्टम कार्यालय तथा ICD/ICP बाहेक) बन्द रहनेछन्। यसका साथै, NCHL ECC र NRB RTGS पनि अस्थायी रूपमा बन्द रहनेछ।
तर, ATM तथा कार्ड सेवा र Connect IPS नियमित रूपमा सञ्चालन हुने बैंकले जानकारी दिएको छ। यद्यपि, सो अवधिमा भएका लेनदेनसम्बन्धी SMS र ई-मेल सूचना नपुग्ने बैंकले स्पष्ट पारेको छ।
बैंकले पूर्ण रूपमा सेवा सञ्चालन १३ पुस २०८२ बाट पुनः सुरु गर्ने जानकारी दिँदै, असुविधा भएकामा ग्राहकहरूबाट क्षमायाचना गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे