
काठमाडौँ – प्रहरी सेवामा जीवनभर समर्पित रहेका गोविन्द पन्थीको नेतृत्वमा “सरोकार केन्द्र”को स्थापना भएको छ। केन्द्रले असहाय, उत्पीडित र गरिब जनताका लागि विभिन्न सेवाहरू प्रदान गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य राखेको छ।
गोविन्द पन्थी, जो कयौं राष्ट्रिय र अन्तर्राष्ट्रिय पदकहरूबाट सम्मानित एक उत्कृष्ठ प्रहरी अधिकारी थिए, सेवा-निवृत्तिपछि कानूनी परामर्शदाता बनेका छन्। पन्थी हाल असहाय र उत्पीडित व्यक्तिहरूका लागि निशुल्क कानूनी सेवा र परामर्श प्रदान गर्दै आएका छन्।
उनको नेतृत्वमा संचालित “सरोकार केन्द्र”ले समाजमा बेथिती र अनियमितता विरुद्ध खबरदारी गर्ने, सामाजिक संजालको गलत प्रयोगमा नियन्त्रण राख्ने, मानव बेचबिखन र ओसारपसार जस्ता अपराधविरुद्ध जनचेतना फैलाउने प्रतिबद्धता जनाएको छ। यस केन्द्रले अपराध र असमानताको विरुद्ध सक्रिय रुपमा काम गर्दै सामाजिक न्याय र समानताको पक्षमा प्रभावकारी भूमिका निर्वाह गर्दै आएको छ।
पन्थीको नेतृत्वमा स्थापित केन्द्रले दीर्घकालीन सामाजिक उत्थान र न्यायमा सुधार ल्याउनका लागि विविध कार्यक्रम र पहलकदमीहरू अगाडि बढाइरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे