
काठमाडौं– शैक्षिक परामर्श व्यवसायी संघ, नेपाल (एप्क्यान) को दोस्रो वार्षिक साधारणसभा शनिबार काठमाडौंको एलिस रिसेप्शन, नक्सालमा सम्पन्न भएको छ।
कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. दीपक काफ्लेले शैक्षिक परामर्श व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन सरकारले आवश्यक नियमन गर्ने बताएका छन्। उनले परामर्श व्यवसायीको भूमिका विद्यार्थीलाई विदेश पठाउने मात्र नभई नेपालमा पनि ल्याउने दिशामा महत्त्वपूर्ण रहेको उल्लेख गरे।
नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघ (ईक्यान) का अध्यक्ष राजेन्द्र बरालले परामर्श व्यवसायीले नेपालमा अनुकूल वातावरण सिर्जना गरी विदेशी विद्यार्थीलाई आकर्षित गर्न सक्ने धारणा व्यक्त गरे।
कार्यक्रममा इक्यानका पूर्व अध्यक्ष प्रकाश पाण्डे, इक्यान अध्यक्ष शेषराज भट्टराई, केइक्यान अध्यक्ष गणेश शर्मा, जालसान अध्यक्ष रमेश देवकोटा, आईरिन अध्यक्ष हेमन्त भट्टराई, नायर अध्यक्ष उद्दव खड्का, तथा विभिन्न विदेशी विश्वविद्यालयका प्रतिनिधिहरूले साधारणसभाको सफलताका लागि शुभकामना व्यक्त गरे।
कार्यक्रमको सभापतित्व एप्क्यान अध्यक्ष प्रज्जवल बस्नेतले गरेका थिए भने सञ्चालन सदस्य नरेश सेडाइले गरेका थिए। महासचिव अनिल शर्मा पौडेलले स्वागत मन्तव्य राखेका थिए।
यस अवसरमा एप्क्यानका सदस्य सुधिर राज खड्काले विदेशबाट फर्किएर स्वास्थ्य सेवा क्षेत्रमा एन्जल हेल्थ केयर होम सुरु गरेको अनुभव सुनाएका थिए।
साधारणसभाले शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, मर्यादित र विद्यार्थी लक्षित सेवा प्रवाह गर्नुपर्नेमा जोड दिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे