
काठमाडौँ । अबुधाबीस्थित नेपाली दूतावासले यूएईमा अहिले भइरहेको घटनाबारे अनौपचारिक वा पुष्टि नभएका भिडियो, तस्बिर र समाचार सामाजिक सञ्जालमा नछरिन सचेत गराएको छ।
दूतावासले अपिल जारी गर्दै यूएईमा रहेका नेपाली समुदायलाई अज्ञात स्रोतबाट आएका हल्ला, भिडियो वा तस्बिर सार्वजनिक नगर्न अनुरोध गरेको हो। यस्ता सामग्रीले सुरक्षा अवस्थाबारे भ्रम फैलाउन सक्छ र कानूनअनुसार दण्डनीय पनि हुन सक्ने चेतावनी दिएको छ।
साथै, दूतावासले युएईस्थित आधिकारिक निकायहरूले जारी गर्ने जानकारी र अपडेटमात्रै भरोसा गर्न सुझाएको छ। नेपालीहरूले सुरक्षा र सही जानकारीका लागि आधिकारिक स्रोतबाट मात्र सूचना हेर्नु पर्ने, र अन्कन्फर्म समाचार फैलाएर भ्रम फैलाउन नहुने बताइएको छ।
यसैगरी, दूतावासले सम्पर्क गर्नका लागि आधिकारिक नम्बर र स्रोतहरू उपलब्ध गराएको छ ताकि आपतकालीन वा आवश्यक परिस्थितिमा सही सहयोग लिन सकियोस्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे