
काठमाडौँ, जेठ २६। काठमाडौंका विभिन्न स्थानहरूमा शनिबार ६ घण्टा विद्युत अवरूद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले सूचना जारी गरेर बबरमहल फिडर अन्तर्गत सैनिक मुख्यालय, सुन्धारा टेलिकम, भन्सार विभाग, पशु अस्पताल, रानीपोखरी प्रहरी र स्वास्थ्य मन्त्रालय आसपासका क्षेत्रमा आज विद्युत अवरूद्ध हुने जनाएको छ।
प्राधिकरणका अनुसार शनिबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म ती क्षेत्रहरूमा विद्युत् अवरूद्ध हुने छ। प्राधिकरणले विद्युतीय तार भूमिगत गर्ने कार्यका लागि फिडर सट डाउनमा राख्नुपर्ने भएकाले ती क्षेत्रहरूमा विद्युत अवरूद्ध हुने बताएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे