
काठमाडौँ, मङ्सिर २५। रौतहटमा स्कार्पिओ दुर्घटना हुँदा एकै गाउँका आठ जनाको मृत्यु भएको छ। रौतहटको चन्द्रपुर नगरपालीकास्थित राजमार्गमा मंगलबार बिहान बा १६ च ३१६२ नम्बरको स्कार्पिओ दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो। बाराको गढीमाई ९पञ्चवर्षीय० मेलाबाट सिराहा फर्किने क्रममा बिहान करिब ७ः३० बजे दुर्घटना भएको थियो ।
मृत्यु हुनेमा सिराहा अर्नामा गाउँपालिका–३ का ६० वर्षीया लरुवती देवी महरा, ५० वर्षीया रामकुमार महरा, ३० वर्षीया उर्मिला महरा, ६२ वर्षीया फुलमन्ती देवी चमार, ३० वर्षीया शकुन्तला देवी महरा, ५५ वर्षीया महँगीदेवी महरा, ६० वर्षीया रामकुमारी देवी महरा र चालक ४० वर्षीय श्रीकुमार यादव छन् ।
गढिमाई दर्शन गरेर आफ्नो घर सिराहा फर्कँदै गरेका यात्रु सवार स्कार्पिओ पूर्वपश्चिम राजमार्गको धन्सार–लमाहा खण्डमा अनियन्त्रित भई सडकबाट दाहिने साइडको तल रुखमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका राधा राम, आर्यन राम, देवकुमारी महरा, रितिक महरा र कन्यादेबी महरालाई उपचारका लागी पर्साको वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे