
उच्च शिक्षा हासिल गर्न बिदेश जान चाहाने बिद्यार्थीहरुलाई गुणस्तरीय शैक्षिक परामर्श प्रदान गर्दै आएको बिज् एजुकेशन डिल्लीबजारले यसै साता लीड्ज बेकेट युनिभर्सिटीको बारेमा बिद्यार्थीहरुलाई जानकारी गराउने उद्देश्यले एक इन्फर्मेसन सेसनको आयोजना गरेको छ।
उक्त कार्यक्रममा लीड्ज बेकेट युनिभर्सिटीका इन्टरनेसनल डेभलपमेन्ट अफिसर, साउथ एसिया, इन्टरनेसनल रिक्रूटमेंट एण्ड पाट्नरसिप्स् कुनाल हल्वीले युनिभर्सिटी, लोकेसन, कोर्स र न्युनतम योग्यताका बारेमा बिध्यार्थीहरूलाई जानकारी प्रदान गर्नु भयो।
प्रस्तुतीकै क्रममा लीड्ज बेकेट युनिभर्सिटीकी अप्रेसन्स् मेनेजर, साउथ एसिया, इन्टरनेसनल रिक्रूटमेंट एण्ड पाट्नरसिप्स् तन्वी तिवारीले बिज् एजुकेशनमा आएर बिद्यार्थीहरुको सामु आफ्नो युनिभर्सिटीका बारेमा छलफल गर्न पाउँदा खुसी लागेको र भविष्यमा पनि यस्ता इन्फर्मेसन सेसनमा आफु उपस्थित रहने र लीड्ज बेकेट युनिभर्सिटीलाई नेपालमा प्रबर्द्धन गरेको मा धन्यबाद समेत ब्यक्त गर्नु भयो। बिज् एजुकेशनले पछिल्लो समयमा बेलायतका उत्कृष्ट विश्वविद्यालय, कलेज र इन्स्टिच्युटहरूलाई नेपालमा प्रबर्द्धन गरिरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे