
काठमाडौँ । दुर्गा प्रसाईंलाई प्रहरीले फेरि पक्राउ गरेको छ। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, नागरिक बचाउ महाअभियानका संयोजक रहेका प्रसाईंलाई आइतबार बिहान भक्तपुरमा रहेको आफ्नै घरबाट पक्राउ गरिएको हो।
प्रहरीका अनुसार उनलाई सार्वजनिक शान्ति भंग गरेको आरोपमा नियन्त्रणमा लिइएको हो। यसबारे जानकारी दिँदै डिएसपी जबेगुले प्रसाईंलाई हाल जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको बताएका छन्।
यसअघि पनि प्रसाईं फागुन ४ गते पक्राउ परेका थिए। पछि सर्वोच्च अदालतको आदेश आएपछि फागुन १३ गते उनी जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतबाट छुटेका थिए।
तर छुटेको केही समयमै उनलाई फेरि प्रहरीले पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे