
काठमाडौँ , २ वैशाख । प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा।डा। खड्ग केसीलाई बढीमा तीन महिनाका लागि जिम्मेवारी दिएका छन् ।
पदपूर्ति नभएसम्मका लागि त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा २१ ९ख० बमोजिम कुलपति ओलीको गत चैत ३१ गतेको निर्णयानुसार केसीलाई उक्त जिम्मेवारी तोकिएको हो ।
विश्वविद्यालयका उपकुलपति प्रा।डा। केशरजंग बरालले दिएको राजीनामा गत चैत २८ गते स्वीकृत भएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे