
काठमाडौं–विवादास्पद भिजिट भिसा भ्रष्टाचार प्रकरणको अनुसन्धानमा खटिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रहरी प्रमुख, नायब महानिरीक्षक (डीआईजी) हिमालयकुमार श्रेष्ठको सरुवा गरिएको छ।
गृह मन्त्रालयको निर्णयअनुसार श्रेष्ठलाई उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा खटाइएको छ। उनी नेतृत्व गरिरहेको अनुसन्धान महत्त्वपूर्ण मानिँदै आएको बेला सरुवा गरिएको हो। उनको स्थानमा हालै बढुवा भएका डीआईजी ओमकुमार रानालाई अख्तियारमा पठाइएको छ।
रानीपोखरीस्थित उपत्यका प्रहरी कार्यालयमा डीआईजी पद गएको चैत महिनादेखि रिक्त रहेको थियो। यसपटकको सरुवाले उक्त रिक्त पद पनि भरिएको छ। गृह मन्त्रालयले हालै ११ जना डीआईजीको बढुवाको निर्णय गरेको थियो, जसअनुसार उनीहरूलाई विभिन्न जिम्मेवारीसहित नयाँ पदस्थापन गरिएको हो।
बढुवा निर्णयसँगै शुक्रबार प्रहरी प्रधान कार्यालयमा उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको थियो। चिन्ह ग्रहणसँगै डीआईजीहरूले आ–आफ्नो नयाँ कार्यक्षेत्रमा कार्यभार सम्हाल्न थालेका छन्।
स्रोतका अनुसार नेतृत्व परिवर्तनसँगै अख्तियारको अनुसन्धान गतिमा असर नपर्ने गरी नयाँ टोलीले काम अघि बढाउने बताइएको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे